News गृहनगरमा किरनलाई सम्मान र उनको सहयोग
गोलनेपाल

राजारानी । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरन चेम्जोङ बिहीबार आफ्नो गृहनगर राजारानी, धनकुटामा सम्मानित भएका छन् । बिहीबार सम्पन्न अग्नी–बसुन्धरा स्मृति १०औं गोर्खा रारा गोल्डकपको समापन कार्यक्रमका दिन किरनलाई सम्मानित गरिएको हो ।

किरनलाई एक कार्यक्रमका बीच चौबिसे गाउँपालिका, राजारानी, धनकुटाका अध्यक्ष राजकुमार चेम्जोङले नगद ५० हजार, सम्मानपत्र र दोसल्ला ओढाई सम्मानित गरेका थिए । सो अवसरमा किरनकी श्रीमती कञ्चन निरौलालाई पनि दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

यद्यपि गृहनगरमा पहिलोपटक न्यानो र आत्मिय सम्मान पाएका किरनले उक्त सम्मान वापतको रकम आफूले अध्यन गरेको पुण्य मावि, इस्कुस र रारा फुटबल क्लब, राजारानीलाई सहयोग गरेका छन् । उनले २५ हजार विद्यालयलाई र २५ हजार क्लबलाई सहयोग गरेका हुन् ।

आफू जन्मे, हुर्केको गाउँसमाजले दिएको यो पहिचान आफ्ना लागि धेरै अमूल्य रहेको बताउँदै किरनले गृहनगरका लागि आउने दिनहरुमा पनि अझै केही गर्ने योजना रहेको सुनाए । साथै सम्मानित भएपछि उनले सबैप्रति आभार र धन्यवाद समेत प्रकट गरे ।

 

Post Comments