धनकुटा । एकतर्फी जितका साथ प्लानिङ ब्वाईज क्लब, काठमाडौं बुधबार सम्पन्न १५औं शहिद भिमनारायण गोल्डकप नकआउट फुटबल प्रतियोगिताको विजेता बनेको छ । फाइनलमा बिरगंज युनाइटेड, बिरगंजलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै प्लानिङ ब्वाईज च्याम्पियन्स बनेको हो ।
तल्लो टुंडिखेल मैदानमा भएको फाइनल खेलको ४६औं मिनटमा यो नेपोएनले प्लानिङ ब्लाईजलाई खेलमा अग्रता दिलाएका थिए । ७०औं मिनटमा बिशाल दर्जीले त्यो अग्रता दोब्बर पारे । त्यसको तीन मिनट लगतै नेपोएनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल थपे । दोस्रो हाफको अन्तिमतिर आक्रमक बनेको प्लानिङ ब्वाईजका लागि ८९औं मिनटमा संजिव लामाले चौथो गोल गर्दै टोलीको शानदार जित सुनिश्चित गरेका थिए ।
विजेता बनेको प्लानिङ ब्वाईजले उपाधिसहित नगद ५ लाख हात पार्यो भने उपविजेता बिरगंज युनाइटेडले २ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।
वाम्बा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी
व्यक्तिगत विधातर्फ प्लानिङ ब्वाईजका डेडी वाम्बा प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले त्यसवापत नगद १५ हजारसहित ट्रफी हात पारे । त्यस्तै फाइनल खेलको म्यान अफ द म्याच पनि प्लानिङ ब्वाईजका अविनाश थापा मगर घोषित भए । उनले पुरस्कार वापत नगद ४ हजार र ट्रफी हात पारे ।
उत्कृष्ट गोलरक्षक पनि प्लानिङका लोकेश चौधरी बन्दा उत्कृष्ट डिफेन्डर प्लानिङ कै बिशाल दर्जी चुनिए । उत्कृष्ट मिडफिल्डर बिरगंजका उमेश कार्की घोषित हुँदा उत्कृष्ट फरवार्ड प्लानिङका यो नेपोएन चुनिए । उत्कृष्ट प्रशिक्षक पनि प्लानिङ कै सचिन्द्र धिमाल बने । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ७–७ हजार र ट्रफी हात पारे ।
विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी पाख्रीबास नगरपालिकाका मेयर ज्ञान बहादुर गुरुङ लगायतले पुरस्कृत गरेका थिए । शहिद भिमनारायण स्मृति प्रतिष्ठान, धनकुटाको आयोजनामा बैशाख २७ गतेदेखि शुरु प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।
- दोश्रो स्व. ज्ञान ब. र बुद्धिमाया लिम्बु स्मृति राजारानी भेट्रान फुटबल प्रतियोगिता २०८१: हाम्रो राजारानी भेट्रान फुटबल क्लब च्याम्पियन
- दोस्रो स्व.ज्ञान ब. तथा बुद्धिमाया लिम्बु स्मृति भेट्रान फुटबल प्रतियोगिता: हाम्रो राजारानी भेट्रान र इलाम एफ.सी. यु.के. फाइनलमा
- इलाम एफसी युके भेट्रान र बरमेक नामफिङ्ग सिक्किम सेमिफाइनलमा
- हाम्रो इटहरी र हाम्रो राजारानी भेट्रानको विजयी शुरुवात
- राराका राम बने सर्वोत्कृष्ट खेलाडी