झापाको बिर्तामोडमा जारी तेस्रो न्यू स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा आज (बिहीबार) अन्तिम सेमिफाइनल खेल हुँदैछ ।
जसमा जनसहयोग युथ क्लब मोरङले सुनसरीको बराहक्षेत्र ११ सँग प्रतिस्पर्धा गर्नेछ । बिर्तामोड ७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा हुने प्रतिस्पर्धामा आजको विजेता टोली फाइनल प्रवेश गर्नेछ । हिजो भएको पहिलो सेमिफाइनल खेलबाट इलामको रेडहर्ष एफसीलाई १-० गोलको झिनो अन्तरले पराजित गर्दै आयोजक न्यू स्टार क्लब झापा फाइनलमा प्रवेश गरिसकेको छ ।
गोल्डकपको विजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी पाउने छ । गोल्डकपमा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थिए । गोल्डकपको उपविजेताले नगद १ लाख १ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । यस्तै, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, गोल्डकपकै उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही ५-५ हजार पाउने छन् ।
यस्तै, प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद ३ हजारसहित ट्रफी पाउँदा फाइनल खेलको म्यान अफ दी म्याचले नगद ५ हजार ट्रफी पाउने छ । गोल्डकपको फाइनल खेल जेठ ६ गते हुनेछ ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक