News सावित्रा भण्डारी मदरल्याण्ड माविद्धारा सम्मानीत
उमेश पुन

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी (सम्बा) लाई पोखराको मदरल्याण्ड माविले नगद सहित सम्मान गरेको छ । पश्चिम पृतिना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँ, विद्यालयका निर्देशक डा त्रिभुन बराल, प्रिन्सिपल नारायण बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले नगद २५ हजार, सम्मानपत्र र दोसलाले भण्डारीलाई सम्मानीत गरे ।

सावित्रा भण्डारी २६ वर्षअघि लमजुङमा जन्मिएकी हुन । २०७० सालबाट फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा डेब्यु गरिन् । सन २०१४ मा सम्पन्न साफ च्याम्पियनसिपमा उनले देशको प्रतिनिधित्व गदै पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाइन् । भण्डारीले आफ्नो फुटबल अभ्यासको कठोर सङ्घर्षमय अतीत सम्झँदै असम्भव केही नभएको र भविष्यको सम्भावना आफैँले खोज्नुपर्ने बताइन् ।

विद्यालयले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै आफु खेलकुदमा लागि रहने बताइन् । मदरल्याण्ड विद्यालयको आयोजनामा शनिबार देखी भर्खरै एसईई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको प्रदेश स्तरीय फुटसल प्रतियोगिताको पश्चिम पृतिना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँले उद्घाटन गरे । बानियाँले रेफ्री फुटबल सघं कास्कीका अध्यक्ष सुशील केसीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरे । तीन दिनसम्म चल्ने प्रतियोगितामा गण्डकी प्रदेशभरिबाट ६६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ३० हजार, २० हजार र १० हजारका साथ मेडल, सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । विद्यालयका निर्देशक त्रिभुवन शर्माको सभापतित्वमा सम्पन्न समुद्घाटन कार्यक्रमको सञ्चालन विद्यालयका अङ्ग्रेजी विभागीय प्रमुख तथा करियर परामर्शदाता बामनकुमार घिमिरेले गरेका थिए ।

Post Comments