News सहज जितका साथ फर्साटिकर क्वाटरफाइनलमा
गोलनेपाल

फर्साटिकर युवा क्लब, सौ–फर्साटिकर रुपन्देहीमा जारी छैठौं चाँदनी कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कञ्चन गाउँपालिका–१, दानापुर तालस्थित चाँदनी फुटबल मैदानमा सम्पन्न शनिबारको खेलमा फर्साटिकरले आदर्श युवा क्लब, बनकट्टालाई शून्यका विरुद्ध ४ गोल अन्तरले हरायो । शुरुवातदेखि नै आक्रमक भएर खेलेको फर्साटिकरका लागि महेन्द्र खत्रीले दुई गोल गरे भने रोशन सेन र सुरज हमालले एक–एक गोल गरे ।

खेलमा फर्साटिकरका सुरज हमाल म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत असोज २१ गते आइतबारको खेल फुलबारी गाईज, बुटवल र एभरेष्ट एफसी, मैनिया बीच हुने आयोजक क्लबका सचिव जुक्त थापाले जानकारी दिए ।

चाँदनी युवा क्लब, कञ्चन गाउँपालिका–१ दानापुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख एक सय प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार पचास रुपैया प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीलाई जनही १२–१२ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै उत्कृष्ट व्यक्तिगत विधातर्फका खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो असोज ३१ गते हुनेछ ।

Post Comments