News वाल्मिकी बन्यो च्याम्पियन
गोलनेपाल

भरतपुर । हनामी अन्तर विद्यालय कप छात्र फुटबल प्रतियोगिताको उपाधि वाल्मिकी स्कुलले जितेको छ । शनिबार भएको उपाधि भिडन्तमा वाल्मिकीले ब्राईट स्टार स्कुललाई शून्यका विरुद्ध २ गोलले हराउँदै च्याम्पियन बनेको हो ।

गेष्ट हाउस मैदानमा भएको फाइनल खेलमा वाल्मिकीका लागि दुवै गोल कप्तान विवेक शाहीले गरे । शाहीले खेलको ३१औं मिनटमा पहिलो र ४५औं मिनटमा दोस्रो गोल गर्दै वाल्मिकीको जित पक्का गरेका थिए ।

विजेता बनेको वाल्मिकीले उपाधिसहित नगद २० हजार हात पार्यो भने उपविजेता ब्राईट स्टार स्कुलले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

भरतपुर फुटबल क्लब र यात्रा समूहको संयुक्त आयोजनामा गत जेठ २४ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल २१ विद्यालयहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता सम्पन्न गर्न चितवन जिल्ला फुटबल संघको पनि विशेष सहयोग रहेको थियो ।

Post Comments