News तकामी र फ्रिडम फाइनलमा भिड्ने
गोलनेपाल

काठमाडौं । तकामी भेट्रान र डिफेन्डिङ च्याम्पियन ढोलाहिटी फ्रिडम फाइटर भेट्रान जारी दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

चावहिल स्पोर्ट्स क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा भएको पहिलो सेमिफाइनलमा तकामीले बौद्ध भेट्रानलाई टाइब्रेकरमा २–१ गोलले पराजित गर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

त्यस्तै शनिबार नै सम्पन्न भएको अर्को सेमिफाइनलमा फ्रिडमले एसएनकेसी भेट्रानलाई शून्यका विरुद्ध १ गोलले हरायो । फाइनल सोमबार हुनेछ ।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगिताकोविजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । विधागततर्फ चार उत्कृष्टलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

Post Comments