News छैठौं चितवन कपको तयारी पुरा (खेलतालिकासहित)
गोलनेपाल

काठमाडौं । एभरेष्ट क्लब, भरतपुर–११, चितवनको आयोजनामा यही असार ५ गते मंगलबारदेखि शुरु हुन गईरहेको छैठौं चितवन कप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

भरतपुर स्थित जुनियर प्रहरी अधिकृत शिक्षालयको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । जसअन्तरगत असार ५ गते हुने उद्घाटन खेलमा अभिषेक चर्च, रजहर र नारायणी मोटर्स युनिक एफसी भिड्ने छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक गोपाल गुरुङले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरुलाई नगद १०–१० हजारसहित ट्रफी प्रदान गरिने पनि आयोजकले जानकारी दियो ।

त्यसैगरी प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीले नगद २० हजारसहित ट्रफी प्राप्त गर्ने पनि खेल संयोजक गोपाल गुरुङले बताए । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरिने जानकारी गराइयो ।

चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । प्रतियोगिताको फाइनल खेल असार १६ गतेका दिन हुनेछ ।

साथै प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ । र, प्रतियोगिताका सबै खेलहरु प्रत्यक्ष प्रसारण पनि गर्नेछ ।

Post Comments