बिर्तामोड ७ स्थित खोपबाडीको न्यू स्टार एफसी झापाको हल्दिबारीमा जारी प्रथम ढडुवा गलाउ मेचे स्मृति कपको फाइनलमा प्रवेश गरेको छ ।
न्यू स्टारले कठिन जित निकालेको हो । आज भएको पहिलो सेमिफाइनल खेलमा एनएसएफसी सैनिकविरुद्ध न्यू स्टारले बाजी मारेको हो । खेलको पहिलो मिनेटमै न्यू स्टारका सोनाहाङ लिम्बूले गरेको गोल नै निर्णायक बनेको थियो ।
बाँकी समयको खेल प्रतिस्पर्धात्मक बने पनि थप गोल दुवै टोलीबाट हुन सकेन । केही घम्साघम्सीको स्थिति निम्तिएको खेलबाट न्यू स्टारले उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो ।
निरन्तरको वर्षाका कारण अपेक्षित खेल नभए पनि दुवै टोलीको संघर्ष जारी रह्यो ।
खेलको म्यान अफ दी म्याच निर्णायक गोलकर्ता सोनाहाङ लिम्बू घोषित भए । उनलाई आयोजकले नगद पुरस्का प्रदान गर्यो । हल्दिबारी ३ को ढडुवा एफसीले आयोजना गरेको प्रतियोगितामा भोलि (बिहीबार) जलथल एफसीले गोलधाप एफसी हल्दिबारीबीच अन्तिम सेमिफाइनल खेल हुनेछ ।
- बगान युथ दोस्रो बिर्तामोड युनाइटेड च्यालेञ्ज कपको सेमिफाइनलमा
- शनिश्चरे एफसी बिर्तामोड च्यालेञ्ज कपको सेमिफाइनलमा
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि