News मनाङलाई हराउँदै थ्रीस्टारलाई उदयपुर गोल्डकपको उपाधि
गोलनेपाल

रुस्लान थ्रीस्टार क्लबले गाईघाटमा सम्पन्न पाँचौं रमपम गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा थ्रीस्टारले चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबलाई शून्यकाविरुद्ध १ गोलले हराउँदै सिजनको दोस्रो उपाधि जित्न सफल भएको हो ।

गाईघाटस्थित थरुहट उदयपुर रंगशालामा सम्पन्न खेलको १९ औं मिनटमा अजयी मार्टिन्सले गरेको एक मात्र गोल थ्रीस्टारलाई उपाधि जिताउन प्रर्याप्त बन्यो । यद्यपि खेलको अन्तिमतिर दुवै टोली दश खेलाडीमा सिमित हुन पुगेका थिए ।

खेलको ७८ औं मिनटमा थ्रीस्टारका मार्टिन्स र मनाङका बिमल बस्नेत विवादमा उत्रिएपछि दुवै खेलाडीलाई रेफ्रीले रातो कार्ड देखाएका थिए ।

बिजेत ाबनेको थ्रीस्टारले उपाधिसँगै नगद ५ लाख हात पारेको छ । त्यस्तै उपविजेता बनेको मनाङले ३ लाखमा चित्त बुझाएको छ ।

Post Comments