News साबित्रा नगदसहित सम्मानित
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड साबित्रा भण्डारी सम्मानित भएकी छिन् । साबित्रालाई नेपाल सशस्त्र प्रहरी परिवार महिला संघले नगदसहित सम्मानित गरेको हो ।

संघले आफ्नो २२औं स्थापना दिवसको अवसर पारी साबित्रालाई एक कार्यक्रमका बीच नगद ७५ हजार र सम्मानपत्रसहित सम्मानित गरेको हो । नेपाली फुटबलमा साबित्राले पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै उनलाई सम्मानित गरिएको संघले जनाएको छ ।

एपिएफ मै जागिरे र क्लब फुटबलमा एपिएफ क्लबका लागि खेलिरहेकी साबित्रा गत महिना मात्रै इजारयली क्लबमा आवद्ध भई युरोपेली क्लबमा व्यवसायीक सम्झौता गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी थिईन् ।

Post Comments