News गण्डकी प्रदेशको प्रतियोगिताहरुमा खादा, दोसल्लाको प्रयोग गर्न नपाईने
उमेश पुन

पोखरा । प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेश, पोखराको यही असार १६ गते बसेको बैठकले परिषद र जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने कुनै पनि खेलकुद प्रतियोगिताहरुमा उपस्थित हुने प्रमुख अतिथी, अतिथीहरुलाई खादा, दोसल्ला ओढाउने जस्ता कार्य निरुत्साहित गर्ने निर्णय गरेको छ । यो निर्णय परिषद् र खेलकुद विकास समितिको आर्थिक सहयोग रहने प्रतियोगिताहरुमा पनि लागु हुने बताइएको छ ।

प्रदेश खेलकुद परिषद्ले सोमबार विज्ञप्ती जारी गर्दै गण्डकी प्रदेशका कास्की, गोरखा, तनहुँ, नवलपुर, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ, लमजुङ र स्याङजा गरी ११ जिल्लाहरुमै यो निर्णय कडाईका साथ पालना र कार्यान्वयन गर्न निर्देशन पनि जारी गरिएको छ ।

प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेशले जारी गरेको पत्रको पूरा अंश हेर्नुहोस्ः

 

Post Comments