News टाइम्स र ऋतलाई फुटसल उपाधि
गोलनेपाल

काठमाडौं । टाइम्स इन्टरनेसनल कलेज र ऋत एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत फुटसलमा मंगलबार च्याम्पियन बनेका छन् । टाइम्स ब्वाइज तथा ऋत गल्र्समा पहिलो भए ।

माकलबारीस्थित मनकामना फुटसलमा भएको ब्वाइज फाइनलमा टाइम्सले समृद्धिलाई १–० गोलले पराजित गर्यो । टाइम्सका सुनिल गोलेले निर्णायक गोल गरे ।

गल्र्सको उपाधि भिडन्तमा ऋतले जेभियर इन्टरनेसनल कलेजलाई टाइब्रेकरमा ३–२ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय सीधै पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा ऋतका अस्मिता घिमिरे, प्रतिक्षा भण्डारी र नम्रता बुढाथोकीले गोल गरे । जेभियरबाट चेतना केसी र लाक्पा शेर्पाले गोल गरे ।

विजेतालाई केन्द्रीय हिसानका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, काठमाडौं हिसानका अध्यक्ष नरेन्द्रबहादुर अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । ब्वाइजमा १८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । गल्र्समा ९ टिमले लिग कम नकआउट आधारमा खेलेका थिए ।

काठमाडौं हिसानद्वारा आयोजित खेलकुद सप्ताहमा फुटसलसहित बास्केटबल, भलिबल, टग अफ वार र टेबलटेनिस गरी ५ खेलमा प्रतिस्पर्धा भएको थियो ।

Post Comments