News नव शान्ती, सैनिक र नवयुवा क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । नव शान्ती युवा युवा क्लब, सैनिक एफसी र नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार यहाँ जारी तेस्रो रुपन्देही कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार भएको पहिलो खेलमा नव शान्तीले चौधरी ब्रदर्शलाई टाईब्रेकरमा हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा नव शान्तीले २–१ ले नतिजा आफ्नो पक्षमा पारेको हो । खेलमा नव शान्तीका गोलरक्षक सन्देश खनाल म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा सैनिकले दमकडा एफसीमाथि २–० को जित निकाल्यो । सैनिकको जितमा अमित क्षेत्री र रबिन थापाले गोल गरे । खेलमा सैनिकका अमित क्षेत्री म्यान अफ द म्याच घोषित भए ।

दिनको अन्तिम खेलमा नवयुवाले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्दलाई ३–० ले हरायो । नवयुवाको जितमा बिशाल सुनारले ह्याट्रिक गरे । ह्याट्रिककर्ता बिशाल सुनार नै म्यान अफ द म्याच घोषित भए ।

फुटबल गाईज, बुटवलको आयोजना तथा रानीगंज युवा क्लब, रानीगंजको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार २८ गतेका दिन हुनेछ ।

Post Comments