
काठमाडौं । फिफा विन्डोतर्फ नेपाल महिला फुटबल टोलीले बंगलादेशससँग बिहीबार खेलेको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा रोमाञ्चक बराबरी खेलेको छ । ढाका स्थित बिर श्रेरेष्ठ शहिद सिपाही मोस्तफा कमल स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेलेको हो ।
खेलमा शुरुवाती अग्रता घरेलु टोलीले नै लिएको थियो । ६५औं मिनटमा सबिना खातुनको गोलबाट अग्रता बनाएको बंगलादेशलले त्यसलाई अन्तिमसम्म जोगाउन सकेन । नेपाललाई हारबाट जोगाउन स्टार फरवार्ड साबित्रा भण्डारी नै नायक बनिन् । खेलको अन्तिमतिर इन्जुरी समयमा साबित्राले नेपालका लागि गोल फर्काउँदै खेललाई रोमाञ्चक बराबरीमा ल्याएकी थिईन् ।
दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने बंगलादेश पुगेको नेपालले घरेलु टोली विरुद्ध दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल जुलाई १६ तारीख (आइतबार) दिन खेल्नेछ ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)