News लामाको सुबेदारमा पदोन्नती
गोलनेपाल

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबका पूर्व मिडफिल्डर दिप लामा सेनाको सुबेदार पदमा बढुवा भएका छन् । लामाको पदोन्नतीबारे आर्मी क्लबले आधिकारिक रुपमा समेत पुष्टी गरेको छ ।

लामो समय त्रिभुवन आर्मी फुटबल क्लबको महत्वपूर्ण र नियमित सदस्यका रुपमा रहेर टोलीका लागि विभिन्न उपाधि समेत जितेका लामाले केही वर्ष फुटबलबाट टाढा रहेर शान्ती मिसनमा पनि सहभागि भएका थिए ।

हाल त्रिभुवन आर्मी फुटबल क्लबको महिला टोलीको व्यवस्थापकको जिम्मेवारी सम्हालिरहेका लामाले पदोन्नति भएसँगै खुशी र उत्साहका साथ जिम्मेवारी पनि थपिएको बताए । साथै देश र खेलकुदका लागि अझै आफूले धेरै गर्न बाँकी रहेको बताउँदै त्यसका लागि आफू सधै प्रयासरत रहने पनि प्रतिक्रिया दिए ।

Post Comments