News
नेपालले बाङ्लादेश बिरुद्ध दुई खेलको सिरिज जित्यो

दोस्रो मैत्रीपुर्ण खेलमा घरेलु टोली बंगलादेशलाई टाइब्रकेरमा ४–२ ले पराजित गर्दै नेपाल दुई खेलको सिरिज जित्न सफल भएको छ।
ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपुर्ण खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको हो।
टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो। अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो।
बंगलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोष्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाईन्।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)