News कास्कीमा यु–१६ को पहिलो चरणको छनौट कार्यक्रम सम्पन्न (नामावलीसहित)
उमेश पुन

पोखरा । साफ यु–१६ च्याम्पियनसिपका लागि नेपालको राष्ट्रिय यु–१६ फुटबल टोली तयार पार्न एन्फाद्वारा निर्देशन भए बमोजिम कास्की जिल्लाबाट पहिलो चरणको छनौट कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लास्तरीय छनौटतर्फ कास्कीबाट ६२ खेलाडीहरु छनौट भएका छन् । त्यस्तै अब दोस्रो चरणतर्फ अब प्रदेशस्तरीय छनौट कार्यक्रम यही साउन ७ र ८ गतेका दिन पोखरा रंगशालामा हुने गण्डकी प्रदेश फुटबल संघका महासचिव बिनोद गुरुङले जानकारी दिए ।

प्रदेशस्तरीय छनौट कार्यक्रमबाट छनौट भएका खेलाडीहरु काठमाडौंमा हुने अन्तिम चरणको छनौट कार्यक्रममा सहभागि हुनेछन् ।

स्मरण रहोस, आगामी भदौ १५ देखि २५ गतेसम्म भुटानमा साफ यु–१६ च्याम्पियनसिप हुँदैछ । एन्फाले त्यसकै लागि देशव्यापी रुपमा खुला छनौट कार्यक्रम आयोजना गरेको हो ।

कास्कीबाट छनौट भएका खेलाडीहरुको नामावलीः

 

Post Comments