News मोर्डन ऐरा, सगरमाथा, सत्यनारायण, सनसाईन र सुनसरीको जित
गोलनेपाल

बिराटनगर । एसईई कप अन्तरविद्यालय रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार मोर्डन ऐरा स्कुल, सगरमाथा मावि, सत्यनारायण मावि, सनसाईन इङलिस स्कुल र सुनसरी क्रिस्टल स्कुलले आ–आफ्नो खेलहरुमा जित हात पार्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा मोर्डन ऐराले कोरवान इङलिस स्कुललाई १–० ले हरायो । मोर्डन ऐराका लागि म्यान अफ द म्याच समेत घोषित अमन माझीले एक मात्र निर्णायक गोल गरे ।

दोस्रो खेलमा सगरमाथाले हेरिटेज इङलिस स्कुलमाथि ९–० को फराकिलो जित दर्ता गर्यो । सगरमाथाका लागि समियुल मियाँले ह्याट्रिक गरे । त्यस्तै निर्वाण श्रेष्ठ र गौरङ राईले समान २–२ गर्दा साइमन बस्नेत र प्रवेज आलमले एक–एक गोल गरे । खेलमा सगरमाथाका गौरङ राई म्यान अफ द म्याच घोषित भए ।

तेस्रो खेलमा सत्यनारायणले एभरेष्ट बोर्डिङ स्कुललाई ४–० ले हरायो । सत्यनारायणको जितमा साजित आलमले दुई गोल गरे भने भरत चौधरी र हेमन्त राजवंशीले एक–एक गोल गरे । खेलमा सत्यनारायणका भरत चौधरी म्यान अफ द म्याच चुनिए ।

चौथो खेलमा सनसाईनले कोशी मोडल स्कुललाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ सनसाईनका लागि आकाश पासवानले गोल गरेका थिए भने कोशीका लागि ग्रिस कार्कीले गोल गरेका थिए । खेलमा सनसाईनका सुप्रिम सुबेदी म्यान अफ द म्याच घोषित भए ।

पाँचौं खेलमा सुनसरीले सरस्वती माविलाई टाईब्रेकरमा ४–३ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा सुनसरीका निर्जल खतिवडा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत साउन ६ गते शनिबार पनि पाँच खेलहरु हुने आयोजकले जानकारी दियो । सभ्य कला समाज, बिराटनगर, मोरङको आयोजनामा जारी प्रतियोगितामा कुल ४५ विद्यालयका फुटबल टोलीहरु सहभागि छन् । प्रतियोगिताको फाइनल खेल भने साउन १३ गतेका दिन हुने खेल संयोजक बिक्रम कार्कीले बताए ।

Post Comments