News भूपू सैनिक भेट्रान्स कप शुरु
सुरज राना मगर

तिलोत्तमा । भूपू सैनिक युवा क्लब, तिलोत्तमा–११ भूपू सैनिक, रुपन्देहीको आयोजनामा शनिबारदेखि शुरु भूपू सैनिक कप सेभेन ए साईड भेट्रान्स फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन गुड मर्निङ भेट्रान र शिवपुर डाँडा ब्वाईज भेट्रानले विजयी शुरुवात गरेका छन् ।

दिनको पहिलो खेलमा गुड मर्निङ भेट्रानले जेवाइसी भेट्रानलाई ५–२ को फराकिलो अन्तरले हरायो । खेलमा गुड मर्निङका प्रकाश थापा म्यान अफ द म्याच घोषित भए । त्यस्तै दोस्रो खेलमा शिवपुर डाँडा ब्वाईजले बुद्ध भेट्रानलाई १–० ले हरायो ।

प्रतियोगिताको विजेताले २६ केजीको बोकासहित नगद १० हजार र ट्रफी हात पार्नेछ भने उपविजेताले २० केजीको बोका, नगद ६ हजार, ट्रफीसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष सागर सारुले जानकारी दिए ।

Post Comments