News आयोजक भूपू सैनिकको दुवै टोलीलाई सफलता
सुरज राना मगर

तिलोत्तमा । भूपू सैनिक भेट्रान कप सेभेन ए साईड फुटबल प्रतियोगितातर्फ आयोजक भूपू सैनिक युवा क्लब (सेतो) र भूपू सैनिक (निलो) दुवै टोलीले आ–आफ्नो खेलहरुमा जित हातपारेका छन् ।

तिलोत्तमा–११ भूपू सैनिक स्थित स्थानीय खेलमैदानमा भएको खेलमा भूपू सैनिक (सेतो) ले नेपाल मगर युवा संघको भेट्रान टोलीलाई ५–१ ले हरायो । खेलमा ह्याट्रिक गरेका भूपू सैनिक (सेतो) का कमल गुरुङ म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै अर्को खेलमा भूपू सैनिक (निलो) ले केउली भेट्रानलाई शून्यका विरुद्ध ३ गोलले हरायो । सो खेलमा भूपू सैनिक (निलो) का अजय गुरुङ म्यान अफ द म्याच घोषित भए । जित हात पारेको भूपू सैनिक (सेतो) सेमिफाइनलमा प्रवेश गरेको छ भने भूपू सैनिक (निलो) क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

भूपू सैनिक युवा क्लब, तिलोत्तमा–११, भूपू सैनिकको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २५ केजीको बोका र नगद १० हजार हात पार्नेछ भने उपविजेताले २० केजीको बोका, नगद ६ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सागर सारुले जानकारी दिए ।

Post Comments