News सञ्जिवनी, ओमसतिया र दोभानको जित
सुरज राना मगर

तिलोत्तमा । यहाँ जारी दोस्रो चपरहट्टी कपतर्फ बुधबार सञ्जिवनी युवा क्लब, ओमसतिया एफसी र दोभान एफसीले आ–आफ्नो खेलहरुमा जित हात पार्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

तिलोत्तमा–१, चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा भएको पहिलो खेलमा सञ्जिवनीले चाँदनी युवा क्लबलाई २–० ले हरायो । सञ्जिवनीको जितमा मनिष पुन र अमृत थापाले गोल गरे । खेलमा सञ्जिवनीका अमृत थापा म्यान अफ द म्याच चुनिए ।

त्यस्तै दोस्रो खेलमा ओमसतियाले हिमालयन क्लबमाथि ३–२ को जित दर्ता गर्यो । ओमसतियाको जितमा बिशाल सुनारले दुई गोल गर्दा थप एक गोल अमन थापाले गरे । उता पराजित हिमालयनका लागि दुवै गोल सिजन थापाले गरे । खेलमा हिमालयन कै सिजन थापा म्यान अफ द म्याच घोषित घोषित भए ।

त्यसैगरी दिनको अन्तिम तथा तेस्रो खेलमा दोभानले स्कलर्स होम एकेडेमीलाई २–० ले हरायो । खेलमा दोभानका लागि दुवै गोल अनुज गैरेले गरे । निर्णायक दुई गोल गरेका दोभानका अनुज गैरे नै म्यान अफ द म्याच चुनिए । 

चपरहट्टी फुटबल क्लब, तिलोत्तमा–१, चपरहट्टीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल साउन २१ गतेका दिन हुने खेल संयोजक देव गुरुङले जानकारी दिए ।

Post Comments