News बागमतीबाट ४८ खेलाडी छनौट (नामावलीसहित)
बिक्रम बानियाँ क्षेत्री

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको यु–१६ टोली तयारी पार्न देशव्यापी रुपमा छनौट कार्यक्रम गर्न निर्देशन दिएबमोजिम बागमती प्रदेशको प्रदेशस्तरीय छनौटबाट ४८ खेलाडीहरु छनौट भएका छन् ।

एन्फा कम्पलेक्समा भएको प्रदेशस्तरीय छनौट कार्यक्रमबाट बागमती प्रदेशका विभिन्न जिल्लाहरुबाट छनोट भई आएका खेलाडीहरु मध्येबाट उत्कृष्ट ४८ खेलाडीहरुलाई अन्तिम चरणका लागि छनौट भएको बागमती प्रदेश फुटबल संघले जानकारी दियो ।

स्मरणीय छ, अन्तिम चरणको छनौट कार्यक्रम यही असोज १६ देखि २० गतेसम्म काठमाडौंमा हुने एन्फाले जानकारी गराईसकेको छ । जहाँ सातै प्रदेशबाट छनौट भएर आएका युवा खेलाडीहरुले अन्तिम चरणका लागि प्रतिस्पर्धा गर्नेछन् ।

आउँदो भदौ १५ देखि २५ गतेसम्म भुटानमा हुन गईरहेको साफ यु–१६ च्याम्पियनसिपतर्फ नेपाल समूह ए मा परेको छ । जहाँ नेपालले साविक विजेता भारतसँगै बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

 

Post Comments