काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको यु–१६ टोली तयारी पार्न देशव्यापी रुपमा छनौट कार्यक्रम गर्न निर्देशन दिएबमोजिम बागमती प्रदेशको प्रदेशस्तरीय छनौटबाट ४८ खेलाडीहरु छनौट भएका छन् ।
एन्फा कम्पलेक्समा भएको प्रदेशस्तरीय छनौट कार्यक्रमबाट बागमती प्रदेशका विभिन्न जिल्लाहरुबाट छनोट भई आएका खेलाडीहरु मध्येबाट उत्कृष्ट ४८ खेलाडीहरुलाई अन्तिम चरणका लागि छनौट भएको बागमती प्रदेश फुटबल संघले जानकारी दियो ।
स्मरणीय छ, अन्तिम चरणको छनौट कार्यक्रम यही असोज १६ देखि २० गतेसम्म काठमाडौंमा हुने एन्फाले जानकारी गराईसकेको छ । जहाँ सातै प्रदेशबाट छनौट भएर आएका युवा खेलाडीहरुले अन्तिम चरणका लागि प्रतिस्पर्धा गर्नेछन् ।
आउँदो भदौ १५ देखि २५ गतेसम्म भुटानमा हुन गईरहेको साफ यु–१६ च्याम्पियनसिपतर्फ नेपाल समूह ए मा परेको छ । जहाँ नेपालले साविक विजेता भारतसँगै बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।


- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै