News आयोजक चपरहट्टी, लुम्बिनी तिलोत्तमा र मदन भण्डारी एसए क्वाटरफाइनलमा
सुरज राना मगर

तिलोत्तमा । आयोजक चपरहट्टी युवा क्लब, लुम्बिनी तिलोत्तमा एफसी र मदन भण्डारी स्पोर्टस एकेडेमी यहाँ जारी दोस्रो चपरहट्टी कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

तिलोत्तमा–१, चपररहट्टी स्थित सिद्धाथृ खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ आयोजक चपरहट्टीले आरकेसीलाई शून्यका विरुद्ध ६ गोलले हरायो । चपरहट्टीको जितमा अनुप गुरुङ र रितेश मल्लले दुई–दुई गोल गरे भने अशोक थापा र मार्टिन रासकोटीले थप एक–एक गोल गरे । खेलमा चपरहट्टीका अनुप गुरुङ म्यान अफ द म्याच घोषित भए ।

अर्को प्रिक्वाटरफाइनलमा लुम्बिनी तिलोत्तमाले दोभान एफसीलाई १–० ले हरायो । खेलमा लुम्बिनी तिलोत्तमा सन्दिप मगरले एक मात्र निर्णायक गोल गरे । म्यान अफ द म्याच भने पराजित दोभानका अमिर श्रेष्ठ घोषित भए ।

त्यस्तै शनिबार नै भएको अर्को प्रिक्वाटरफाइनलमा मदन भण्डारी स्पोर्टस एकेडेमीले फर्साटिकर युवा क्लबलाई ४–१ ले हरायो । मदन भण्डारीको जितमा आशिष रानाले ह्याट्रिक गरे भने थप एक गोल आयुष गुरुङले गरे । पराजित फर्साटिकरका लागि भने अवतार थापाले एक मात्र गोल फर्काए । खेलमा ह्याट्रिक गरेका मदन भण्डारी स्पोर्टस एकेडेमीका आशिष राना म्यान अफ द म्याच घोषित भए ।

चपरहट्टी फुटबल क्लब, तिलोत्तमा–१, चपरहट्टीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल साउन २१ गतेका दिन हुने खेल संयोजक देव गुरुङले जानकारी दिए ।

Post Comments