News सिद्धार्थ र ओमसतिया क्वाटरफाइनलमा
सुरज राना मगर

तिलोत्तमा । सिद्धार्थ क्लब र ओमसतिया यहाँ जारी दोस्रो चपरहट्टी कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

तिलोत्तमा–१ चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा भएको दिनको पहिलो खेलमा सिद्धार्थले बिएनसी युथलाई शून्यका विरुद्ध २ गोलले हरायो । सिद्धार्थको जितमा दुवै गोल अंकित रासकोटीले गरे । खेलमा निर्णायक बनेका रासकोटी खेलको म्यान अफ द म्याच पनि चुनिए ।

त्यस्तै दोस्रो खेलमा ओमसतियाले न्यु सिर्जना युथ क्लबलाई शून्यका विरुद्ध १ गोलको साँघुरो अन्तरले हरायो । ओमसतियाको जितमा किरन पुनले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता ओमसतियाका किरन पुन नै म्यान अफ द म्याच चुनिए ।

चपरहट्टी फुटबल क्लब, तिलोत्तमा–१, चपरहट्टीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल साउन २१ गतेका दिन हुने खेल संयोजक देव गुरुङले जानकारी दिए ।

 

Post Comments