News दोस्रो रामघाट कप फुटसल हुने
उमेश पुन

पोखरा । रामघाट क्लबको आयोजनामा यही साउन २३ र २४ गतेका दिन दोस्रो रामघाट कप सेभेन ए साईड एमेच्योर फुटसल प्रतियोगिता हुने भएको छ । रामघाट स्पोर्टस सेन्टरमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ६५ सय तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

त्यस्तै प्रतियोगिताको विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुले नगद २५ सयसहित ट्रफी हात पार्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले भने नगद ५ हजारसहित ट्रफी हात पार्ने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजन रामघाट, अष्ट्रेलियाले गरेको छ भने दोस्रो पुरस्कार प्रायोजन रामघाट, युकेले गरेको पनि आयोजकले जनाएको छ ।

Post Comments