News मदन भण्डारी कप भदौ पहिलो सातादेखि (पत्रसहित)
सुरज राना मगर

बुटवल । ‘सबैको लागि खेलकुद’ भन्ने नाराका साथ मदन भण्डारी स्पोर्टस एकेडेमी, बुटवल उपमहानगर कमिटी, रुपन्देहीको आयोजनामा आउँदो भदौ १ गतेदेखि मदन भण्डारी कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

बुटवल–७ स्थित शिवनगर सामुदायिक वनको खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता यही साउन २७ गतेसम्म खुला गरिएको छ । साथै टिमदर्ताका लागि ९७०२१६४२३९, ९८०४४०४३०८ नम्बरमा सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २६ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

इच्छुक क्लबहरुका लागि पत्र पनि हेर्नुहोसः

Post Comments