News विश्व शान्तिलाई हिमालयन कपको उपाधि
सुरज राना मगर

कञ्चन । रुपन्देहीमा सम्पन्न ११औं हिमालयन कप नकआउट फुटबल प्रतियोगिताको उपाधि विश्व शान्ति युवा क्लब, सालझण्डीले जितेको छ ।

हिमालय आधारभुत विद्यालयको खेलमैदानमा सम्पन्न फाइनल भिडन्तमा विश्व शान्तिले स्कलर्स होम एकेडेमीलाई ३–० ले हरायो । विश्व शान्तिको जितमा रोशन राना, सबी गुरुङ र लोकेन्द्र बुढाले गोल गरे ।

विजेता बनेको विश्व शान्तिले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्यो भने उपविजेता स्कलर्सले ८१ हजारमा चित्त बुझायो । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक र डिफेन्डर विश्व शान्तिका क्रमशः किरन क्षेत्री र आकाश राना घोषित भए । उत्कृष्ट मिडफिल्डर स्कलर्सका मोहन थापा चुनिए भने सर्वाधिक गोलकर्ताको पुरस्कार पनि स्कलर्स कै मिशन दर्लामीले हात पारे ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन गाउँपालिका–४ दियो बजार, रुपन्देहीको आयोजनामा फागुन १ गतेबाट शुरु प्रतियोगितामा रुपन्देही र नवलपरासीका गरि कुल ९ टोलीहरुले सहभागिता जनाएका थिए ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथी प्रदेश नम्बर ५ का प्रमुख सचेतक भुमिश्वर ढकाल, आयोजक क्लबका अध्यक्ष दिल बहादुर थापा लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

Post Comments