News भण्डारढिकमा तीज कप भदौ २७ देखि
गोलनेपाल

पोखरा । भण्डारढिक टोल विकास संस्था, पोखराको आयोजनामा आउँदो भदौ २७ देखि असोज १ गतेसम्म तीज कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा–२९ स्थित भण्डारढिक रंगशालामा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ६५०० तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरुलाई पनि नगद ४–४ हजारसहित मायाको चिनो प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यसबाहेक प्रतियोगिता आयोजना कै अवसर पारी ठेला प्रतियोगिता, घैंटो फुटाई प्रतियोगिता, तीज गीत तथा नृत्य प्रतियोगिता लगायतका साँस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरुको पनि आयोजना गरिने आयोजकले जानकारी दियो ।

प्रतियोगिता आयोजनाबाट संकलित रकमको ३० प्रतिशत रकम अनाथ आश्रमले सहयोग गरिने पनि आयोजकले जनाएको छ ।

Post Comments