News फुटसल टोलीको मुख्य प्रशिक्षकमा बस्नेत
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो एएफसी फुटसल एसियन कप छनौटका लागि नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा गौरव बस्नेतलाई नियुक्त गरेको छ ।

गौरवले गत वर्ष किर्गिस्तानमा भएको फुटसल एसियन कप छनौटमा पनि नेपाली टोलीको जिम्मेवारी सम्हालेका थिए । त्यस्तै टोलीको सहायक प्रशिक्षकमा थमन भुसाल नियुक्त भएका छन् । दुवैलाई सोमबार एन्फाका महासचिव किरन राईले नियुक्तीपत्र हस्तान्तरण गरे ।

स्मरण रहोस, यस वर्ष हुन गईरहेको फुटसल एसियन कप छनौटतर्फ नेपाल समूह डी मा परेको छ । जहाँ नेपालले बलियो भियतनाम, दक्षिण कोरिया र मंगोलियासँग खेल्नेछ । समूह डी को छनौट खेलहरु अक्टुबर ७ देखि ११ तारीखसम्म मंगोलियमा हुने तय भईसकेको छ ।

Post Comments