News नव जीवन र राधाकृष्ण (बी) सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । नव जीवन एफसी र आयोजक राधाकृष्ण एफसी (बी) यहाँ जारी राधाकृष्ण कप यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुटवल–९ स्थित नयाँ बसपार्क खेलमैदानमा भएको क्वाटरफाइनलतर्फ नव जीवनले नयाँगाउँ रोयल्स क्लबलाई १–० ले हरायो । नव जीवनका लागि करन अधिकारीले एक मात्र निर्णायक गोल गरे ।

त्यस्तै शनिबार नै भएको अर्को क्वाटरफाइनलमा राधाकृष्ण (बी) ले सोल्टी युनाइटेडलाई २–० ले हरायो । राधाकृष्णका लागि रोहन राई र सुजल थापाले गोल गरे ।

राधाकृष्ण फुटबल क्लब, बुटवलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।  फाइनल खेल भदौ ४ गतेका दिन हुनेछ ।

 

Post Comments