News क्वीन्टेड फुटसल कप हुने
गोलनेपाल

ललितपुर । आश समूहको आयोजनामा यही भदौ १४ देखि १६ गतेसम्म क्वीन्टेड फुटसल कप फाईभ ए साईड फुटसल प्रतियोगिता हुने भएको छ । सानेपा, ललितपुर स्थित फिल्ड फुटसलमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै इच्छुक क्लबहरुका लागि टिमदर्ता शुल्क ८ हजार तोकिएको पनि आयोजकले जानकारी दियो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई आकर्षक गिफ्ट ह्याम्परसहित उचित पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जानकारी दियो ।

Post Comments