News ताप्लेजुङ गोल्डकप आजदेखि
गोलनेपाल

फुङलिङ । पूर्वी नेपालको प्रतिष्ठित मध्ये एक ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भईसकेको पनि आयोजक क्लबका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।

श्री भानु जन माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज मानाभरा युथ स्र्पोटिङ क्लब, ताप्लेजुङ र जुट विकास फुटबल एकेडेमी, इटहरी भिड्ने कार्यक्रम छ । साथै खेल ३ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्ने आयोजक समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जनाएको छ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भदौ २० गतेका दिन हुने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले सबै खेलहरु प्रत्यक्ष प्रसारण गर्नेछ ।

Post Comments