News दोस्रो नालामुख एमेच्योर फुटसल हुने
गोलनेपाल

पोखरा । युनाइटेड ब्रदर्श एफसीको आयोजनामा यही भदौ २० र २१ गतेका दिन दोस्रो नालामुख एमेच्योर फाईभ ए साईड फुटसल प्रतियोगिता हुने भएको छ । पोखरा–४, गणेशटोल स्थित बी–फिट फुटसलमा हुने प्रतियोगिताको यही भदौ १९ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४००० तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments