News रेड हर्ष ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

फुङलिङ । रेड हर्ष फुटबल क्लब, इलाम यहाँ जारी ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो क्वाटरफाइनलमा गोर्खा स्र्पोटिङ क्लब, दमक, झापालाई शून्यका विरुद्ध २ गोलले हराउँदै रेड हर्ष अन्तिम चारमा प्रवेश गरेको हो । रेड हर्षका लागि युवराज राईले खेलको १०औं मिनटमा पहिलो गोल गरे भने ५९औं मिनटमा आशिष राईले दोस्रो गोल गर्दै इलामेली टोलीको जित पक्का गरे ।

खेलमा रेड हर्षका आशिष राई म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे । प्रतियोगिता अन्तरगत भदौ १६ गते शनिबारको तेस्रो क्वाटरफाइनल खेल फिदिम स्र्पोटिङ क्लब, पाँचथर र पथरी–११, मोरङबीच हुने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही भदौ २० गतेका दिन हुनेछ ।

Post Comments