फुङलिङ । पथरी–११ फुटबल क्लब, मोरङ यहाँ जारी ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ । शनिबार भएको तेस्रो क्वाटरफाइनलमा फिदिम स्र्पोटिङ क्लब, पाँचथरलाई ०–२ ले हराउँदै पथरी सेमिफाइनलमा प्रवेश गरेको हो ।
श्री भानु जन माविको खेलमैदानमा भएको खेलको ३८औं मिनटमा दिपक राईले पहिलो गोलको खाता खोलेका थिए । त्यस्तै दोस्रो हाफको पाँचौं मिनट मै निरज परियारले दोस्रो गोल गर्दै पथरीको जित सुनिश्चित गरेका थिए ।
खेलमा पथरीका निरज परियार म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे । पथरीले पहिलो सेमिफाइनलतर्फ भदौ १८ गतेका दिन जुट विकास फुटबल एकेडेमी, इटहरीसँग भिड्नेछ ।
प्रतियोगिता अन्तरगत भदौ १७ गते आइतबारको अन्तिम क्वाटरफाइनल खेल रेड स्टार फुटबल क्लब, बिर्तामोड, झापा र युनाइटेड खर्साङ फुटबल क्लब, दार्जिलिङ, भारतबीच हुने आयोजकले जानकारी दियो ।
लाखेजात्रा सञ्चालन समिति, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही भदौ २० गतेका दिन हुनेछ ।

- ताप्लेजुङको सॉवामा दोस्रो अलैँची कप मंसिर २ देखि, विजेताले ३ लाख २ हजार रुपैयाँको अलैँची पाउने
- सिरिजङगा गोल्डकप तथा सिरिजङगा मेला–२०८३ मंसिर २३ देखि २९ गतेसम्म हुने
- ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिकट बिक्री
- ताप्लेजुङ गाेल्डकपमा टिकट बिक्रीबाट सवा ३८ लाख संकलन
- सल्हेश सिरहालाई दोस्रोपटक ताप्लेजुङ गोल्डकपको उपाधि