News द वाइज क्लब क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । द वाइज क्लब यहाँ जारी प्रथम मदन भण्डारी कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको प्रिक्वाटरफाइनलतर्फ द वाइजले हरिहरपुरलाई टाईब्रेकरमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि दुवै टोलीले निर्धारित समयको खेल गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने द वाइजले नतिजा ३–२ ले आफ्नो पक्षमा पार्न सफल भयो । खेलमा पराजित हरिहरपुरका गोलरक्षक केशव क्षेत्री म्यान अफ द म्याच घोषित भए ।

मदन भण्डारी स्पोर्टस एकेडेमी, बुटवल उपमहानगर कमिटीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सागर रसाइलीले जानकारी दिए ।

Post Comments