News प्रतिक युथलाई यु–१३ इलिट कपको उपाधि
सुरज राना मगर

तिलोत्तमा । यहाँ सम्पन्न यु–१३ प्रथम इलिट कप नकआउट फुटसल प्रतियोगिताको उपाधि प्रतिक युथ क्लब, बुटवलले जितेको छ । सनराईज फुटसलमा भएको उपाधि भिडन्तमा प्रतिकले श्री जनज्योति मावि, डिंगरनगरलाई हराउँदै उपाधि जित्न सफल भएको हो ।

विजेता बनेको प्रतिकले उपाधिसहित नगद १५ हजार हात पार्यो भने उपविजेता श्री जनज्योतिले १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । लुम्बिनी वल्र्ड स्कुलले उत्कृष्ट टिमको पुरस्कार जित्दा विश्व एकता एकेडेमी फेयर प्ले टिम बन्यो ।

कुशल मंगल नर्सरीको मुख्य प्रायोजन तथा इलिट एकेडेमी, तिलोत्तमाको आयोजनामा भएको दुई दिने प्रतियोगितामा कुल ३२ युथ टोलीहरुले सहभागिता जनाएको खेल संयोजक सिजन थापाले जानकारी दिए ।

Post Comments