News प्रथम रतुवामाई कप भदौ २५ देखि
गोलनेपाल

रतुवामाई । रामजानकी युवा क्लब, रतुवामाई–८, मोरङको आयोजनामा यही भदौ २५ गतेदेखि प्रथम रतुवामाई कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । साथै प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।

झुनाबारीको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा भदौ २५ गतेका दिन आयोजक रामजानकी युवा क्लब र अमरदह युवा क्लब भिड्ने आयोजकले जानकारी दियो । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज २ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments