News प्रथम दिप्शन मगर स्मृति कपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

बेल्टार । बेल्टार एकता युवा क्लब, चौदण्डीगढी, बेल्टार, उदयपुरको आयोजनामा यही भदौ २३ गते शनिबारदेखि शुरु हुन गईरहेको प्रथम दिप्शन मगर स्मृति कप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

बेल्टार स्थित रामप्रसाद राई रंगशालामा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा तालतलैया फुटबल क्लब र फ्युजन फुटबल क्लब भिड्ने आयोजकले जानकारी दियो ।

पारुहाङ एकेडेमी स्कुलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भदौ ३० गतेका दिन हुने पनि आयोजकले जानकारी दियो ।

Post Comments