News गाईघाट सेमिफाइनलमा प्रवेश
गोलनेपाल

बेलटार । संघर्षपुर्ण जितका साथ गाईघाट फुटबल क्लब यहाँ जारी प्रथम दिप्शन मगर स्मृति कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो क्वाटरफाइनलतर्फ गाईघाटले भागलपुर फुटबल क्लबलाई टाईब्रेकरमा ३–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा गाईघाटका गोलरक्षक निम छिरिङ शेर्पा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत भदौ २५ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल बेलका नगरपालिका र न्यु त्रियुगा स्पोर्टस क्लबबीच हुने आयोजकले जानकारी दियो ।

पारुहाङ एकेडेमी स्कुलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

बेलटार एकता युवा क्लब, चौदण्डीगढी नगरपालिका, बेलटार, उदयपुरको आयोजनामा जारी प्रतियोगितामा कुल ८ टोलीहरु सहभागि छन् । फाइनल खेल यही भदौ ३० गतेका दिन हुनेछ ।

Post Comments