News राइजिङ भेट्रानलाई उपाधि
गोलनेपाल

मोरङ । एकतर्फी जितका साथ यहाँ सम्पन्न प्रथम जाते भेट्रान नकआउट फुटबल प्रतियोगिताको उपाधि राईजिङ भेट्रान क्लब, ईटहरीले जितेको छ ।

फाइनलमा केराबारी भेट्रान फुटबल क्लबलाई ६–० को फराकिलो अन्तरले हराउँदै राईजिङ भेट्रान च्याम्पियन बनेको हो । राईजिङको जितमा रुद्र खड्का र बाघबिर तामाङले २–२ गोल गरे भने चुडामणि बस्नेत र लिलाराम मगरले थप एक–एक गोल गरेका थिए ।

विजेता बनेको राईजिङले उपाधिसहित नगद ५१ हजार हात पार्यो भने उपविजेता बनेको केराबारीले नगद ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

फाइनल खेलको म्यान अफ द म्याच राईजिङका लिलाराम मगर चुनिए । उत्कृष्ट गोलरक्षक पनि राइजिङकै तुलसी श्रेष्ठ बन्दा उत्कृष्ट डिफेन्डर केराबारीका राजेन्द्र धिमाल चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार राइजिङका बाघबिर तामाङले हात पार्दा उत्कृष्ट मिल्ड फिल्डर केराबारिका प्रेम घिमिरे चुनिए ।

विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अथिति लेटाङ नगरपालिकाका पुर्ब मेयर शंकर राई, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सन्जिब बुढाथोकीलगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए । गत भदौ १८ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।






Post Comments