News न्यु त्रियुगा सेमिफाइनलमा
गोलनेपाल

बेलका । न्यु त्रियुगा स्पोर्टस क्लब यहाँ जारी प्रथम दिप्शन मगर स्मृति कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

रामप्रसाद राई रंगशालामा भएको तेस्रो क्वाटरफाइनलमा न्यु त्रियुगाले बेलका नगरपालिकालाई टाईब्रेकरमा ४–३ ले हराउँदै अनितम चारमा स्थान सुरक्षित गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा न्यु त्रियुगाका गोलरक्षक सन्दिप भट्टराई म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तरगत भदौ २६ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल आयोजक बेलटार उकता युवा क्लब र कटारी फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो । 

पारुहाङ एकेडेमी स्कुलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

बेलटार एकता युवा क्लब, चौदण्डीगढी नगरपालिका, बेलटार, उदयपुरको आयोजनामा जारी प्रतियोगितामा कुल ८ टोलीहरु सहभागि छन् । फाइनल खेल यही भदौ ३० गतेका दिन हुनेछ ।

 

 

 

 

Post Comments