News आयोजक बेलटार अन्तिम चारमा
गोलनेपाल

बेलटार । आयोजक बेलटार एकता युवा क्लब जारी प्रथम दिप्शन मगर स्मृति कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

रामप्रसाद राई रंगशालामा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा बेलटारले कटारी फुटबल क्लबलाई ३–२ ले हराउँदै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । खेलमा बेलटारका सञ्जय प्रधान म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत भदौ २७ गते बुधबारको पहिलो सेमिफाइनल खेल तालतलैया फुटबल क्लब र न्यु त्रियुगा स्पोर्टस क्लबबीच हुने आयोजकले जानकारी दियो ।

पारुहाङ एकेडेमी स्कुलको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

बेलटार एकता युवा क्लब, चौदण्डीगढी नगरपालिका, बेलटार, उदयपुरको आयोजनामा जारी प्रतियोगितामा कुल ८ टोलीहरु सहभागि छन् । फाइनल खेल यही भदौ ३० गतेका दिन हुनेछ ।

Post Comments