News एपिएफ कास्की, श्रृंखला युथ र हेम्जाको जित
गोलनेपाल

अन्नपुर्ण । यहाँ जारी ४२औं तीज मेला तथा आमन्त्रित फुटबल प्रतियोगिता अन्तरगत शनिबार एपिएफ कास्की, श्रृंखला युथ क्लब र हेम्जा युनाइटेडले जित हात पारेका छन् ।

ढिकुरपोखरी खेलमैदानमा भएको पहिलो खेलमा एपिएफ कास्कीले बिष्णुपादुकालाई शून्यका विरुद्ध ३ गोलले हरायो । एपिएफ कास्कीको जितमा सन्तोष श्रेष्ठ, प्रदिप लामा र सबिन गुरुङले गोल गरे ।

त्यस्तै दोस्रो खेलमा श्रृंखला युथले संगम फुटबल क्लबलाई ४–१ ले हरायो । श्रृंखलाको जितमा सन्जोग गौतमले दुई गोल गरे भने रविन्द्र केसी र सलिन खत्रीले एक–एक गोल गरे । पराजित संगमका लागि मोहन गुरुङले एक मात्र सान्त्वना गोल फर्काए ।

त्यस्तै दिनको तेस्रो खेलमा हेम्जाले गन्नी एफसीलाई शून्यका विरुद्ध २ गोलले हरायो । हेम्जाको जितमा दुवै गोल जोन ग्लोरीले गरे ।

ढिकुरपोखरी युवा सञ्जाल, अन्नपुर्ण–२, कास्कीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ३ सय हात पार्नेछ भने उपविजेताले १ लाख ७० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असोज २ गतेका दिन हुनेछ ।

Post Comments