News शानदार जितका साथ फर्साटिकर सेमिफाइनलमा
गोलनेपाल

शानदार जित हात पार्दै फर्साटिकर युवा क्लब, सौ–फर्साटिकर रुपन्देहीमा जारी ३२ औं झरना कप रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न दोस्रो सेमिफाइनलमा फर्साटिकरले इन्टर स्पोर्टस्, बुटवललाई शून्यका विरुद्ध ५ गोललले हराउँदै सेमिफाइनल स्थान सुरक्षित गरेको हो ।

तिलोत्तमा ६, कुञ्जापुलस्थित उमा निमाविको खेलमैदानमा सम्पन्न खेलमा फर्साटिकरका लागि अजयी मार्टिन्सले २ गोल गरे । त्यस्तै सुजन राना, सुरज हमाल र रोशन पहाडीले एक–एक गोल गरे । खेलमा फर्साटिकरका सुरज हमाल म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत असोज २२ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल पश्चिमाञ्चल प्रहरी तालिम केन्द्र, बुटवल र आयोजक झरना स्पोर्टस् क्लबबीच हुने आयोजक क्लबका अध्यक्ष लोक पुनले जानकारी दिए ।

झरना स्पोर्टस् क्लब, तिलोत्तमा ६, कुञ्जलापुरको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ । त्यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ भने दुई सेमिफाइनलिस्ट टोलीले २५–२५ हजार प्राप्त गर्नेछन् ।

साथै उत्कृष्ट व्यक्तिगत विधातर्फका खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष लोक पुनले बताए । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल असोज २७ गते हुनेछ ।

Post Comments