
हेटौडा । दोस्रो नागस्वती भेट्रान्स कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक नागस्वती भेट्रान्स क्लब (ए) ले जितेको छ । शनिबार सम्पन्न फाइनल भिडन्तमा आयोजक कै अर्को टोली नागस्वती (बी) लाई टाईब्रेकरमा हराउँदै नागस्वती (ए) च्याम्पियन बनेको हो ।
हेटौडा–७ स्थित नवज्योति खेलमैदानमा भएको उपाधि भिडन्तमा निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । टाईब्रेकरमा नागस्वती (ए) ले नागस्वती (बी) लाई ४–३ ले हराउँदै उपाधि उचाल्न सफल भयो ।
नागस्वती (ए) का सुबिन घिमिरे फाइनल खेलको म्यान अफ द म्याच चुनिए । विजेता बनेको नागस्वती (ए) ले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता नागस्वती (बी) ले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
व्यक्तिगत विधातर्फ नागस्वती (ए) का दिलिप क्षेत्री उत्कृष्ट गोलरक्षक चुनिए । नागस्वती (बी) का कन्या सुब्बा गुरुङ उत्कृष्ट डिफेन्डर बन्दा नागस्वती (बी) कै राजकुमार घिसिङ उत्कृष्ट मिडफिल्डर घोषित भए
उत्कृष्ट फरवार्ड नागस्वती (ए) का दिपेन राई बन्दा उत्कृष्ट प्रशिक्षक पनि नागस्वती (ए) कै दिपक अर्याल चुनिए । विधागततर्फ उत्कृष्ट बनेका सबैले जनही १०–१० हजार र ट्रफी हात पारे ।
त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने नागस्वती (ए) का प्रकाश राना घोषित भए । त्यसवापत उनले नगद ५० हजार र ट्रफी हात पारे ।
नागस्वती भेट्रान्स क्लब, हेटौडा–७, नागस्वतीको आयोजनामा असोज १६ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा