News बेलबारी गोल्डकपको पहिलो चरणबाटै बाहिरियो चर्च व्वाईज युनाईटेड
गोपाल काफ्ले

विर्तामोड युथ क्लव झापा बेलबारीमा जारी छैँठौ बेलबारी अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको अन्तिम चारमा प्रबेस गरेको छ ।

लिग विजेता चर्च व्वाईज युनाईटेडलाई १ का बिरुद्घ २ गोल गर्दै विर्तामोड युथ क्लव झापा सेमिफाईनल प्रबेस गरेको हो ।

खेलमा चर्च ब्वाईजले अग्रता लएि पनि हार बेहोर्नु पर्यो । पहिलो हाफमा अग्रता लिएको लिग विजेता चर्च ब्वाईजले दोस्रो हाफमा लय बिगार्दा पहिलो चरणबाटै बाहिरिनु पर्याे । खेलको ३४ औं मिनेता लक्षु पुन गोल मार्फत अग्रता लिएको थियो । पुनले मिलन राईको पासमा गोल गर्दै अग्रता लिए थिए । दोस्रो हाफको ५२ औं मिनेटमा विर्तामोड युथ क्लव झापाका क्याप्टेन विशाल बस्नेतले गोल गर्दै खेल बराबरीमा ल्याए । बस्नेतले आशिस चापागाईको पासमा उत्कृष्ट गोल गर्दै गरेका हुन ।

दोस्रो हाफमा एक पछि अर्को दवाव सृजना गरेको झापाले ५८ औ मिनेटमा दोस्रो गोल गर्यो । आशिस चापागाईकै पासमा खमिर गिल्सनले गोल गर्दै अग्रता दोब्बर पारे ।

म्यान अफ द म्याच विर्तामोड युथ क्लव झापा खमिर गिल्सन घोषित हुदै नगर ५ हजार प्राप्त गरे । भोलिको पहिलो सेमि फाईनल खेल आयोज डाँगिहाट युथ क्लव बेलबारी र व्रिगड ब्वाईज काठमाडौं विच हुनेछ । प्रतियोगिताको विजेता नगद रू ८ लाख सहित टफी, प्रमाणपत्र प्राप्त गर्ने छ भने द्धितिय हुने टिमले नगद ५ लाख सहित ट्रफि, प्रमाणपत्र प्रप्त गर्ने छ ।

Post Comments