News लामाचौर कप हुँदै
उमेश पुन

पोखरा । एलसी ब्रदर्श युनाइटेड, पोखरा–१९, लामाचौरको आयोजनामा यही कार्तिक १९ देखि २५ गतेसम्म लामाचौर कप खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

लामाचौर स्थित गोष्टीघाट फुटबल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ । साथै टिमदर्ता पनि खुला गरिएको छ । र टिमदर्ता शुल्क १० हजार तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments