News प्रथम जाँते कप : उर्लाबारी सेमिफाइनलमा
गोलनेपाल

आइतबारदेखि लेटाङ ९ जाँतेमा शुरु प्रथम जाँते नकआउट फुटबल प्रतियोगितामा सीएफसी उर्लाबारीले बिजयी शुरुवात गरेको छ । उदघाटन खेलमा उर्लाबारीले बेलबारी एफसीलाई ४–० ले हराउँदै बिजयी शुरुवात गरेको हो । साथै यो जितसँगै उर्लाबारी सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

उर्लाबारीको जितमा जेट्ली राई, बुद्ध बल र सन्जोक लिम्बुले एक–एक गोल गरे । त्यसैगरी थप एक गोल भने बेलबारीका सुनिल पाँचकोटीले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए ।

उर्लाबारीले सेमिफाइनलमा अब असोज २५ गते लेटाङ एफसी र डीवाईसी लक्ष्मीमार्ग बीचको विजेता सँग खेल्नेछ । प्रतियोगितामा सोमबार खेल पथरी स्पोर्टिङ क्लब र डीएफसी डागिहाट बीच हुनेछ ।

असोज २८ गते सम्म चल्ने प्रतियोगिताको विजेताले रु ५१,००० र उपविजेताले रु ३१,००० तथा ट्रफी प्राप्त गर्नेछन । साथै विधागत उत्कृष्टलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । युवा तथा खेलकुद समिति, लेटाङ ९ को आयोजनामा जारी प्रतियोगितामा मोरङका ८ टिमले सहभागिता जनाएका छन् ।

Post Comments